बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद क्रिकेट

युनिटी कपको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित

शृंखलामा नेपाल २–१ ले विजयी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ असोज, २०८२ मा प्रकाशित
युनिटी कपको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित
काठमाडौं, असोज १४ :

युएईमा जारी युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ।

नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै बिना विकेट गुमाई सहज रूपमा पूरा गर्‍यो। वेस्ट इन्डिजका ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन प्रहार गरे भने अर्का ओपनर अकिम अगस्टेले अविजित ४१ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा १२२ रनमै अलआउट भयो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। कप्तान रोहितकुमार पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रनको योगदान दिए।

नेपालले पावरप्लेमा राम्रो सुरुवात गर्दै ६ ओभरमा ३७/० को स्थिति बनाएको थियो। तर त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउँदै नेपालले बाँकी ९० रन जोड्दा सम्पूर्ण विकेट गुमायो।

वेस्ट इन्डिजका बलर रामोन सिमोन्ड्स सर्वाधिक सफल रहे। उनले ४ ओभरमा मात्र १५ रन खर्चिएर ४ विकेट लिए। जेदिया ब्लेड्सले २ विकेट तथा जेसन होल्डर र कप्तान अकिल होसेनले समान १/१ विकेट लिए।

यसअघि नेपालले शृंखलाको पहिलो दुई खेल जित्दै युनिटी कप टी–२०आई शृंखला आफ्नो नाममा गरिसकेको थियो। शृंखलामा नेपाल २–१ ले विजयी भएको छ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार