आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

काठमाडौंको सडकमा टीका लगाउन जानेहरुको चहलपहल बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ असोज, २०८२ मा प्रकाशित
काठमाडौंको सडकमा टीका लगाउन जानेहरुको चहलपहल बढ्यो
काठमाडौं, असोज १६ :

दुई दिनदेखि सुनसान देखिएको काठमाडौं उपत्यकाको सडकहरूमा आज टीका लगाउन निस्किएका सर्वसाधारणका कारण पुनः चहलपहल बढेको छ।

विजया दशमीको मुख्य दिन, टीका प्रसाद ग्रहण गर्न नातागोता र आफन्तकहाँ जाने क्रम सुरु भएसँगै राजधानीका सडकहरूमा सवारीसाधन र मानिसको आवागमनमा वृद्धि देखिएको छ ।

बडादसैँ मनाउन राजधानीबाट धेरै नागरिक आफ्ना गाउँघर फर्किएपछि काठमाडौं केही सुनसान देखिएको थियो। यद्यपि, टीकाको दिन पारिवारिक भेटघाट, आशिर्वाद ग्रहण र सामाजिक मेलमिलापका लागि मानिसहरू बाहिर निस्किन थालेपछि सडकमा बढेको हो।

मोटरसाइकल, ट्याक्सी र निजी सवारीसाधनमार्फत मानिसहरू टीका लगाउन गन्तव्यतर्फ जाँदै गरेका छन्।

ट्राफिक प्रहरी महाशाखाका अनुसार दशैंका बेला उपत्यकाभित्र सवारी चाप कम हुने गरे पनि टीका लगाउने दिन दिउँसो र बेलुकी चाप बढ्ने गरेको  छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार