आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

टीकाको दोस्रो दिन : हिजो नभ्याउनेहरू आज आशीर्वाद थाप्न जाँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १७ असोज, २०८२ मा प्रकाशित
टीकाको दोस्रो दिन : हिजो नभ्याउनेहरू आज आशीर्वाद थाप्न जाँदै
एआईद्वारा निर्मित तस्बिर ।
काठमाडौं, असोज १७ :

आज दसैंको टीकाको दोस्रो दिन।  विजया दशमीका दिन मान्यजनबाट टीका र जमरा थाप्न नभ्याएकाहरु आज टीका लगाउन हिँडेका छन् ।  विशेषगरी माइती, मावली, ससुरालीजस्ता आफन्तकहाँ गएर टीका थाप्ने चलन रहेको छ।

दसैंको टीका केवल दशमीको दिनमै सीमित नरही कोजाग्रत पूर्णिमासम्म लगाउने चलन रहँदै आएको छ। विशेषगरी पूर्वी र मध्य नेपालमा कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने प्रचलन व्यापक छ भने पश्चिम नेपालका धेरै स्थानहरूमा भने दुर्गा विसर्जनपछिको भोलिपल्ट मात्रै टीका लगाउने चलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वेदमणि भट्टराईले जानकारी दिए।

‘पूर्वी र मध्य नेपालमा पूर्णिमासम्म टीका लगाइन्छ। पश्चिमतर्फ दुर्गा विसर्जन भइसकेपछि मात्रै टीका थाप्ने मान्यता बस्यो। आ–आफ्नो सामाजिक, भौगोलिक र सांस्कृतिक परिवेशअनुसार विकसित भएका यी परम्परालाई अन्यथा लिनु हुँदैन,’ भट्टराईले भने।

वडादसैं असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। नेपाली समाजमा यो पर्व केवल धार्मिक नभई सांस्कृतिक र सामाजिक दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार