सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
समाचार प्रदेश कोसी प्रदेश

सुनसरीमा गोली हानी सफारी चालकको हत्या

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ असोज, २०८२ मा प्रकाशित
सुनसरीमा गोली हानी सफारी चालकको हत्या
सुनसरी, असोज २५ :

सुनसरीको रामधुनी नगरपालिका–२ मा गोली प्रहार गरी एक व्यक्तिको हत्या गरिएको छ। शनिबार साँझ रामधुनी कर्मन्या टोलस्थित भित्री सडकमा अन्दाजी ४७ वर्षीय स्थानीय दिनेश चौधरीको गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

स्थानीयका अनुसार चौधरी एक सफारी सवारी चालक थिए। उनीमाथि मोटरसाइकलमा आएका युवाहरूको समूहले गोली प्रहार गरेको बताइएको छ। गोली लागेर गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीका अनुसार गोली प्रहारपछि फरार भएका युवाहरूको समूहको खोजी तीव्र पारिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार