बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
समाचार भिडियो

वायुसेवा निगममा भएको अनियममितता छानबिन गर्न जेन-जीको माग

स्वतन्त्र छानबिन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ असोज, २०८२ मा प्रकाशित
वायुसेवा निगममा भएको अनियममितता छानबिन गर्न जेन-जीको माग
काठमाडौं, असोज २६ :

जेन-जी नेपालले नेपाल वायुसेवा निगममा भएको अनियममितता छानविन गर्न माग गरेको छ । जेन-जी समुहले आइतबार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटी उक्त माग गरेको हो । 

जेन-जी समुहका अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीले निगमका भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न ज्ञापनपत्र बुझाएको जानकारी दिए । उनले वाइडबडी र लाउडा एयर घोटालाको छानविन गरी दोषी ठहर भएकालाई कारबाही गर्न माग गरेको बताए ।

अदालतबाट दोषी ठहर भएर कार्यन्वयन नभएकाहरुलाई तत्काल कानुनी दायरमा ल्याउन आग्रह गरेको समेत उनले बताए । साथै करार कर्मचारीहरु संख्या कटौती गर्नुपर्ने माग राखेको जानकारी दिए । निगमले जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनुपर्ने, दुर्गम क्षेत्रका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने जेन-जी समूहको माग छ । आफूहरुको माग पूरा नभए सबैले स्वेछिक राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेको शाहीले जानकारी दिए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले २०४६ सालपछि निगममा चरम राजनितिक हस्तक्षेप भएको स्वीकार गरे । जेन-जीले उठाएका वाइडवडी र लाउडा लगायतका काण्ड २०४६ सालपछि भएको उनले बताए । उनले जहाज खरिदमा मात्रै नभएर विक्रीमा पनि अनियमितता हुने गरेको पाइएको बताए । जहाज बिक्री गर्दा ग्राउण्डेड गराएर मात्रै बिक्री गर्ने गरिएको उनको भनाई छ । उनले निगमको अनियमितताको छानबिनमा कर्मचारीहरुले छानबिन समितिलाई सहयोग गरेको पनि बताए ।

जेन-जी समुहले सबै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानबिन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पत्ति विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । निगमले दुर्गममा हवाई रुट थप्नुपर्ने, विद्यार्थी, असहाय तथा गरिबलाई ५० प्रतिशत छुट दिनुपर्ने उनीहरुको माग छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार