बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

जनमत पार्टी विभाजित : दीपक साहको नेतृत्वमा ‘जनस्वराज’नामक नयाँ दल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ असोज, २०८२ मा प्रकाशित
जनमत पार्टी विभाजित : दीपक साहको नेतृत्वमा ‘जनस्वराज’नामक नयाँ दल
काठमाडौं, असोज २६ :

सीके राउत नेतृत्वको जनमत पार्टी औपचारिक रूपमा विभाजित भएको छ। पार्टीका उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले पार्टीबाट अलग हुँदै ‘जनस्वराज पार्टी’ नामक नयाँ राजनीतिक दल दर्ता प्रक्रिया सुरु गरेका छन्।

साहसहितको समूहले आइतबार निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन्। ५२ सदस्यीय कार्यकारिणी रहेको जनमत पार्टीबाट १५ जना सदस्य छुट्टिएर नयाँ दलमा लागेको बताइएको छ।

नयाँ पार्टीमा ई. सुरेन्द्र नारायण यादव, हेमलता रजक, शम्भुनाथ साहलगायत नेताहरु सक्रिय छन्। यसअघि नै उपाध्यक्ष अब्दुल खानले पनि पार्टी परित्याग गरिसकेका थिए।

पार्टी विभाजनको कारण आन्तरिक असन्तुष्टि र अध्यक्ष सीके राउतको कठोर अनुशासन शैलीलाई मानिन्छ।अध्यक्ष राउतले पार्टीभित्रका असन्तुष्ट नेताहरूमाथि आरोप लगाउँदै स्पष्टिकरण सोध्ने, निलम्बन र निष्कासन गर्ने कदम चालेपछि असन्तुष्ट नेता संगठित भएर नयाँ दल दर्ता गर्न पुगेका हुन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा ६ सिट जितेर राष्ट्रिय पार्टी बनेको जनमत पार्टीका नेता सतिशकुमार सिंहले हाल मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार