रौतहट, असोज २७ :

रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ भने ४ जनाको उद्धार गरिएको छ । 

रौतहटको गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको छ । प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव फेला पारेको हो । 

डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए। घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए ।