काठमाडौं, असोज २८ :

 सिके राउत नेतृत्वको जनमत पार्टी फुटेको छ। पार्टीभित्रको असन्तुष्ट समूहले नयाँ राजनीतिक दल जनस्वराज पार्टी (जस्वपा) गठन गरेको हो। निर्वाचन आयोगले नवगठित दललाई आधिकारिक मान्यता समेत दिएको छ।

आयोगको मंगलबार बसेको बैठकले जस्वपालाई आधिकारिक मान्यता दिएको हो। आयोगले पार्टी दर्ताका बाँकी प्रक्रिया पूर्ण गर्न निर्देशनसमेत दिएको छ।

नयाँ पार्टीको अध्यक्षमा पूर्व जनमत उपाध्यक्ष दीपककुमार साह रहेका छन्। साहलाई जनमत पार्टीले गत साउन २२ गते पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।

जस्वपाका तीन उपाध्यक्षमा सुरज सिंह, सुरेन्द्र नारायण यादव र शम्भुनाथ साह रहेका छन्। यस्तै, सचिव पदमा हेमलता देवी, सुनिल कुमार यादव र सञ्जय प्रसाद यादव चयन भएका छन्।