आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

धनराज गुरुङको प्रस्ताव : ०४६ यताका लाभको पदमा पुगेकाको सम्पत्ति छानबिन गर्न न्यायिक समिति गठन गरौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३० असोज, २०८२ मा प्रकाशित
धनराज गुरुङको प्रस्ताव : ०४६ यताका लाभको पदमा पुगेकाको सम्पत्ति छानबिन गर्न न्यायिक समिति गठन गरौं
काठमाडौं, असोज ३० :

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २०४६ सालपछि लाभको पदमा पुगेका सबै नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने प्रस्ताव पार्टी बैठकमा पेस गरेका छन्।

बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा उपसभापति गुरुङले उक्त प्रस्ताव अगाडि सारेका हुन्। उनले सो प्रस्तावलाई नेपाली कांग्रेसको एजेन्डाका रूपमा अगाडि बढाउनुपर्ने धारणा राखेका छन्।

गुरुङले यसअघि २०८० चैत २३ गते प्रतिनिधिसभामा समेत सोही प्रस्ताव दर्ता गरेका थिए। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यो विषयले थप बहस र चासो पाएको हो।

बैठकमा उनले उच्चस्तरीय स्वतन्त्र न्यायिक समिति गठन गरी २०४६ सालदेखि हालसम्म लाभको पदमा बसेका सबैको सम्पत्ति विवरण छानबिन गर्नुपर्ने र त्यसले पार्टी तथा प्रणालीमा पारदर्शिता र जनविश्वास फर्काउने विश्वास व्यक्त गरेका छन्।

उक्त प्रस्तावलाई  पार्टीको केन्द्रीय समितिको बैठकमा छलफलमा लैजाने तयारी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार