बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

सभामुख घिमिरेको दाबी : संसद् पुनःस्थापना भए जेनजी पुस्ताको माग सम्बोधन गर्न सकिन्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३० असोज, २०८२ मा प्रकाशित
सभामुख घिमिरेको दाबी : संसद् पुनःस्थापना भए जेनजी पुस्ताको माग सम्बोधन गर्न सकिन्छ
काठमाडौं, असोज ३० :

सभामुख देवराज घिमिरेले संसद् पुनःस्थापना भए जेन–जी पुस्ताले उठाएका मागहरू संविधानबमोजिम सम्बोधन गर्न सकिने बताएका छन्। बिहीबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको छलफलमा उनले संविधान संशोधनजस्ता दीर्घकालीन प्रक्रियाका लागि संसद् पुनःस्थापना आवश्यक रहेको बताए।

सभामुखले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर जाने कि नजाने भन्नेबारे कानुन व्यवसायी र संविधानविद्सँग परामर्श गरिरहेको जनाएका छन्। छलफलमा बार अध्यक्ष विजय मिश्रले संविधान र राष्ट्र जोगाउनुपर्नेमा जोड दिँदै आगामी फागुन २१ मा तोकिएको चुनावमा अनिश्चितता रहेको बताए। महासचिव केदार कोइरालाले नेपाल बार संसद् विघटनको विपक्षमा रहेको स्पष्ट पारे।

यसअघि सभामुखले पूर्वमहान्यायाधिवक्तासँग पनि परामर्श गरेका थिए। सबैले सभामुखले स्वयं अदालतमा रिट नलिएर निष्पक्ष भूमिकामा बस्न सुझाव दिएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म १० वटा रिट दर्ता भइसकेका छन् भने प्रारम्भिक सुनुवाइ कात्तिक १२ गते तोकिएको सर्वोच्च अदालतले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार