काठमाडौं, असोज ३१ :

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई आयोगले छुट्टाछुट्टै रुपमा वार्षिक प्रतिवेदन पेस गरेको छ ।निर्वाचन आयोग र आदिवासी जनजातिले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक  प्रमुख निर्वाचन आयुक्त  रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गरे ।

यसैगरी आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदनसमेत राष्ट्रपतिसमक्ष पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । केही दिन यता आयोगहरुले धमाधम आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्दै आएका छन् ।