सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

आज काग तिहार : नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि रमेश दुलालले गरे काग सम्मेलन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २ कात्तिक, २०८२ मा प्रकाशित
आज काग तिहार : नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि रमेश दुलालले गरे काग सम्मेलन
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक २ :

काग तिहारको अवसर पारेर राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयअगाडि २२औँ ‘काग सम्मेलन’ सम्पन्न गरिएको छ। कलाकार रमेश दुलाल ‘कागे’ले विगत झैँ यसपटक पनि आफ्नो अनौठो कलामार्फत कार्यक्रमलाई विशेष बनाए।

उनले भने, ‘कागलाई यमराजको दूत मानिन्छ। त्यसैले काग तिहारको दिनलाई विशेष बनाउन २२ वर्षदेखि यो सम्मेलन गर्दै आएको हुँ। यसपटक भने कुनै सामाजिक सन्देश होइन, शुद्ध सांस्कृतिक उद्देश्यले कार्यक्रम गरेको हुँ।’

विगतमा उनले रत्नपार्कको शान्ति बाटिका, त्रिभुवन विमानस्थल क्षेत्रजस्ता स्थानमा ‘काग सम्मेलन’ गर्दै आएका थिए।

दुलाल जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्ने कलाकारका रूपमा परिचित छन्। उनले कागसहित १७३ प्रकारका जीवजन्तु र चरा चिच्याहटको आवाज निकाल्न सक्छन्। त्यतिमात्र होइन, उनी मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारजस्ता बाजाका धुन पनि सजीव रूपमा उतार्न सक्छन्।

कला र संस्कृति संरक्षणतर्फ सचेत गराउने उद्देश्यसहित गरिएको कार्यक्रमको उपस्थित दर्शकहरूले प्रशंसा गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार