आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अस्ट्रेलियाली सभामुखबीच द्विपक्षीय भेटवार्ता

संसदीय सहकार्यका बिभिन्न पक्षहरूमा समझदारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ६ कात्तिक, २०८२ मा प्रकाशित
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अस्ट्रेलियाली सभामुखबीच द्विपक्षीय भेटवार्ता
काठमाडौं, कात्तिक ६ :

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको संसद् हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिकबीच द्विपक्षीय भेटवार्ता भएको छ। अन्तर व्यवस्थापिका संघ को १५१ औं महासभाको सन्दर्भमा जेनेभामा रहेका अध्यक्ष दाहालले अस्ट्रेलियाली सभामुखसँग भेट गरेका हुन्।

भेटमा दुवै नेताबीच दुई देशका बीचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका विषयमा छलफल भएको थियो। विशेषगरी, संसदीय सहकार्यका बिभिन्न पक्षहरूमा समझदारीका साथ विचारविमर्श गरिएको जनाइएको छ।

अस्ट्रेलियाले नेपालमा शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा ठूलो योगदान पुर्याएको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, र स्थानीय सुशासन जस्ता क्षेत्रमा सहकार्य गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष दाहालले अस्ट्रेलियामा १ लाख ८० हजारभन्दा बढी नेपाली नागरिक रहेको र तीमध्ये ६० हजारभन्दा बढी नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेको जानकारी दिए।

अस्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीहरूको सुरक्षा, सम्मान र सहयोगी वातावरणका लागि धन्यवाद व्यक्त गर्दै, अध्यक्ष दाहालले शैक्षिक साझेदारी, प्राविधिक तालिम, र अनुसन्धान आदानप्रदान जस्ता पहलहरूलाई अझ विस्तारमा जोड दिन आग्रह गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार