बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
समाचार प्रदेश गण्डकी प्रदेश

एक सयभन्दा बढी पर्यटकको निधारमा सप्तरङ्गी टीका,नौलो अनुभव लिन पाएकोमा दङ्ग

१५ भन्दा बढी देशका पर्यटक सहभागी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ६ कात्तिक, २०८२ मा प्रकाशित
एक सयभन्दा बढी पर्यटकको निधारमा सप्तरङ्गी टीका,नौलो अनुभव लिन पाएकोमा दङ्ग
कास्की, कात्तिक ६ :

होटल सङ्घ पोखरा नेपालद्वारा तिहारको अवसरमा आज लेकसाइडमा आयोजना गरेको १८औँ भाइटीका महोत्सवमा एक सयभन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् ।

महोत्सवमा १५ भन्दा बढी देशका पर्यटकले भाइटीका लगाएका आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । सङ्घले पोखरा र सिङ्गो नेपालको पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षणका लागि विविध महोत्सव आयोजना गर्दैआएको उल्लेख गर्दै उनले यस पटक  भाइटीका महोत्सवमा पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको बताए ।

महोत्सवमा ‘रेन्वो चिल्ड्रेन होम’का छात्राहरुले पर्यटकलाई टीका लगाइदिएका थिए । सहभागी पर्यटकलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहार प्रदान गरिएको थियो । पर्यटकहरुले सेलरोटीलगायत नेपाली परिकार खानुका साथै देउसो भैलो पनि खेलेका थिए ।

सप्तरङ्गी टीका लगाएका पर्यटकहरु नौलो अनुभव लिन पाएको भन्दै दङ्ग थिए । अष्ट्रेलियाबाट आउनुभएकी पर्यटक एनीले आफू धेरै पटक नेपाल आएको र यस पटक नेपाल आएर टीका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिनुभयो । नेपाल सांस्कृतिक रुपमा धनी रहेको र नेपालीको अतिथि सत्कारबाट आफू प्रभावित भएको उनको भनाइ थियो ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको उल्लेख गर्दै महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार