बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#२०औँ एसियाली खेलकुद#ज्ञानेन्द्रसिंह महता#महाकाली नदी#झोलुङ्गे पुल#अम्बिका देवी संग्रौला#नेपाल धितोपत्र बोर्ड#नेपाल स्टक एक्सचेञ्ज#कागेश्वरी र एसओएसबीच सम्झौता#जुडो खेल#चारै जना पराजित#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन #२०औँ एसियाली खेलकुद#ज्ञानेन्द्रसिंह महता#महाकाली नदी#झोलुङ्गे पुल#अम्बिका देवी संग्रौला#नेपाल धितोपत्र बोर्ड#नेपाल स्टक एक्सचेञ्ज#कागेश्वरी र एसओएसबीच सम्झौता#जुडो खेल#चारै जना पराजित#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन
समाचार

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु,घाटहरू सिँगारिदै

· शनिबार, ८ कात्तिक, २०८२ मा प्रकाशित
मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु,घाटहरू सिँगारिदै
धनुषा, कात्तिक ८ :

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ ।

मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ ।

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए । उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको बताए ।

गुप्ताले यो वर्ष प्रतिअघ्र्य रु ६०० निर्धारण गरिएको बताए। उनले भने, “सबैले दिँदैनन् । नदिनेले पनि यहाँ अघ्र्य राख्छन् । प्रत्येक वर्ष रु ३००÷३५० पुर्जा काट्ने गरेको छ । श्रद्धालु भक्तजनहरूबाट आएको रुपैयाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ ।”

गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा रहेको छ भने झिलीमिली बत्तीको काम बाँकी रहेको छ । गङ्गासागरमा तीन वटा समितिले सजावटको काम गर्ने गरेको छ ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार