बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#२०औँ एसियाली खेलकुद#ज्ञानेन्द्रसिंह महता#महाकाली नदी#झोलुङ्गे पुल#अम्बिका देवी संग्रौला#नेपाल धितोपत्र बोर्ड#नेपाल स्टक एक्सचेञ्ज#कागेश्वरी र एसओएसबीच सम्झौता#जुडो खेल#चारै जना पराजित#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन #२०औँ एसियाली खेलकुद#ज्ञानेन्द्रसिंह महता#महाकाली नदी#झोलुङ्गे पुल#अम्बिका देवी संग्रौला#नेपाल धितोपत्र बोर्ड#नेपाल स्टक एक्सचेञ्ज#कागेश्वरी र एसओएसबीच सम्झौता#जुडो खेल#चारै जना पराजित#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन
समाचार

माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना जेनजी युनाइटेडका सदस्य प्रहरी नियन्त्रणमा

· शनिबार, ८ कात्तिक, २०८२ मा प्रकाशित
माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना जेनजी युनाइटेडका सदस्य प्रहरी नियन्त्रणमा
काठमाडौं, कात्तिक ८ :

स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई आज नेपाल प्रहरीले हिरासतमा लिएको छ ।

आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि  नियन्त्रणमा लिएको हो ।

स्थानीय प्रशासनको अनुमति बिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूह बीच सम्भावित मुठभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखाएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौँले जनाएको छ । नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् ।

जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले  स्वतन्त्र रूपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति माग्दा नपाएको बताए। उनले प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको बताए ।

“हामी जेनजीहरु एक जुट हुनुपर्छ भन्ने सकारात्मक भावसहित जाऔं भनेर लागेका हौं । तर हामीलाई रोकियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएनौ, दिइएन”, खनालले भने ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार