बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

दुर्गा प्रसाईंको आन्दोलन र सुरक्षा चुनौती

प्रसाईंका गतिविधिमाथि निगरानी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ८ कात्तिक, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंको आन्दोलन र सुरक्षा चुनौती
काठमाडौं, कात्तिक ८ :

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कात्तिक १५ पछि आह्वान गरेको आन्दोलन र त्यससँग जडित सुरक्षा चुनौतीको बारेमा सुरक्षा निकायका प्रमुखहरूले सरकारलाई ब्रिफिङ दिएका छन्।

शनिबार बिहान, चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालको नेतृत्वमा बैठक भएको थियो। सुरक्षा प्रमुखहरूले प्रसाईं समूहको गतिविधि र आगामी आन्दोलनको सम्भावित चुनौतीहरूको बारेमा विश्लेषण गरेका छन्।

स्रोतका अनुसार, प्रसाईं समूहले भाडामा मान्छे जम्मा गरेर ठूलो भिड जम्मा गर्न सक्ने सम्भावना रहेको बताइएको छ। यसअघि १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको उदाहरण दिँदै सुरक्षा प्रमुखहरूले यस्ता गतिविधिहरूको निगरानी बढाउनुपर्नेमा जोड दिएका छन्।

गृहमन्त्री अर्यालले हिंसात्मक आन्दोलन नगर्न र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्। सरकारले प्रसाईंलाई शुरुमै सचेत गराउने तयारी गरेको छ।सुरक्षा निकायले पनि प्रसाईंका गतिविधिमाथि थप निगरानी बढाएको छ ।

सुरक्षा प्रमुखहरूले आन्दोलनमा राइडर सेवाहरूको प्रयोग र चुनाव सुरक्षासमेत छलफलमा कुरा राखेका छन्। यदि संवाद नआए सरकार कडा कदम चाल्ने तयारीमा रहेको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार