बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार प्रदेश बागमती प्रदेश भिडियो

किष्ट अस्पतालमा मृतकका आफन्तद्वारा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १० कात्तिक, २०८२ मा प्रकाशित
किष्ट अस्पतालमा मृतकका आफन्तद्वारा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार
ललितपुर, कात्तिक १० :

किष्ट अस्पतालमा बिरामीको मृत्युपछि आज बिहान तनावपूर्ण अवस्था सिर्जना भएको छ। मृतकका आफन्तले अस्पताल प्रशासनमाथि लापरबाहीको आरोप लगाउँदै प्रहरी घेरा तोडेर तोडफोड गरेका हुन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीलाई अश्रुग्यास प्रहार गर्नुपरेको बताइएको छ। घटनाका क्रममा आक्रोशित भीडले प्रहरीमाथि ढुंगा र इँटा प्रहार गरेको समेत प्रहरीले जनाएको छ।

आफन्तका अनुसार कार्तिक ७ गते गर्भवती महिलाको उपचारका क्रममा अस्पतालको लापरबाहीका कारण ज्यान गएको थियो। उनीहरूले सो घटनापछि अस्पताल प्रशासनले कुनै संवाद नगरेको आरोप लगाएका छन्।

आक्रोशित आफन्तहरूले हिजो पनि अस्पताल परिसरमा सामान्य तोडफोड गरेका थिए। आजको घटनापछि अस्पताल वरिपरि थप सुरक्षाकर्मी परिचालन गरिएको छ र अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीको दाबी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार