ललितपुर, कात्तिक १० :

किष्ट अस्पतालमा बिरामीको मृत्युपछि आज बिहान तनावपूर्ण अवस्था सिर्जना भएको छ। मृतकका आफन्तले अस्पताल प्रशासनमाथि लापरबाहीको आरोप लगाउँदै प्रहरी घेरा तोडेर तोडफोड गरेका हुन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीलाई अश्रुग्यास प्रहार गर्नुपरेको बताइएको छ। घटनाका क्रममा आक्रोशित भीडले प्रहरीमाथि ढुंगा र इँटा प्रहार गरेको समेत प्रहरीले जनाएको छ।

आफन्तका अनुसार कार्तिक ७ गते गर्भवती महिलाको उपचारका क्रममा अस्पतालको लापरबाहीका कारण ज्यान गएको थियो। उनीहरूले सो घटनापछि अस्पताल प्रशासनले कुनै संवाद नगरेको आरोप लगाएका छन्।

आक्रोशित आफन्तहरूले हिजो पनि अस्पताल परिसरमा सामान्य तोडफोड गरेका थिए। आजको घटनापछि अस्पताल वरिपरि थप सुरक्षाकर्मी परिचालन गरिएको छ र अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीको दाबी छ।