काठमाडौं, कात्तिक १० :

प्रधानमन्त्री सुशीला कार्की कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी भइन्। सोमबार साँझ कमलपोखरी पुगेकी प्रधानमन्त्री कार्कीले सूर्यसहित छठी माताको पूजा आराधना गरिन्। राष्ट्रपति रामचन्द्र पौडेल भने गौरीघाट पुगेर छठ पूजामा सहभागी भएका थिए ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइयो। वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन हुन्छ । अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।