काठमाडौं, कात्तिक १० :
प्रधानमन्त्री सुशीला कार्की कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी भइन्। सोमबार साँझ कमलपोखरी पुगेकी प्रधानमन्त्री कार्कीले सूर्यसहित छठी माताको पूजा आराधना गरिन्। राष्ट्रपति रामचन्द्र पौडेल भने गौरीघाट पुगेर छठ पूजामा सहभागी भएका थिए ।
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइयो। वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन हुन्छ । अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने