सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

कांग्रेस प्रवक्ता महत भन्छन्- प्रतिनिधिसभाको निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १२ कात्तिक, २०८२ मा प्रकाशित
कांग्रेस प्रवक्ता महत भन्छन्- प्रतिनिधिसभाको निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुने
काठमाडौं, कात्तिक १२ :

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका छन् ।

बीपी चिन्तन प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका बिषयक कार्यक्रममा महतले अहिले पार्टी एकताबद्ध भएर निर्वाचनमा ध्यान केन्द्रीत गर्नुपर्ने र निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका हुन् । उनले चैत्र–वैशाखसम्म महाधिवशेन गर्ने गरी अहिले नै केन्द्रीय समितिबाट कार्यतालिका बनाएर निर्वाचनमा होमिनुपर्ने सुझाव दिए ।

महतले पार्टी नेतृत्वमा पनि पार्टीभित्र बहस गर्ने व्यक्ति आउनुपर्ने जिकिर गरे । पार्टीभित्र केही नभन्ने र बाहिर बेग्लै कुरा गर्ने दोहोरो मापदण्डले पार्टीलाई कमजोर बनाएको उनको भनाइ छ ।

त्यस्तै प्रवक्ता महतले शासनसत्ता सञ्चालन गर्ने क्रममा भएको कमजोरी र अन्तराष्ट्रिय सम्बन्धमा असन्तुलनको अवस्था देखिएका कारण अहिलेको अवस्था आएको जिकिर गरे ।

उनले निर्वाचन प्रणालीका कारण संयुक्त सरकार गठन गर्नुपर्ने र सरकार गठनका लागि जे पनि गर्ने दलहरुको प्रवृतिले जनतामा निराशा छाएको बताए । संयुक्त सरकारमा सहभागी हुँदा एउटा पार्टीलाई सुशासनको पक्षमा उभिन निकै गाह्रो भएको उनको भनाइ छ । महतले जेनजीलाई माध्यम बनाएर लोकतान्त्रिक पद्धती र देशलाई नै कमजोर पार्ने काम भएको उल्लेख गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार