बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

नेताहरूबीच मात्रै हुने एकताले समस्याको समाधान गर्दैन : महासचिव भुसाल

भुसाल र खनाल अहिले नै एकता नगर्ने पक्षमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १३ कात्तिक, २०८२ मा प्रकाशित
नेताहरूबीच मात्रै हुने एकताले समस्याको समाधान गर्दैन : महासचिव भुसाल
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक १३ :

 नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने अहिले उपयुक्त समय नभएको बताएका छन्।

जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै महासचिव भुसालले विचार र संगठनात्मक रुपान्तरण बिना हुने एकता दीर्घकालीन हुन नसक्ने बताएका हुन्। उनका अनुसार पार्टी एकताका विषयमा हतारमा निर्णय गर्नु बुद्धिमानी हुने छैन।

‘विचार, नीतिगत स्पष्टता र संगठनको रूपान्तरणपछि मात्र एकता सम्भव हुन्छ,’ भुसालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘नेताहरूबीच मात्रै हुने एकताले समस्याको समाधान गर्दैन।’

पार्टीको बैठकमा माओवादी केन्द्रसँग एकतालाई अन्तिम रूप दिने विषय मुख्य एजेन्डाका रूपमा उठाइएको छ। तर महासचिव भुसाल र सम्मानित नेता झलनाथ खनाल अहिले एकता नगर्ने पक्षमा उभिएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठक शुक्रबार सक्ने तयारी गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार