काभ्रेपलाञ्चोक, कात्तिक १४ :

अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।

वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रूपमा नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

काभ्रेको नमोबुद्ध न.पा ६ चौकिडाडा,रोशी गा.पा.७,४०० बेशी,रोशी गा.पा ११ डालाबेशी रोशि गा.पा ९ बिरुवाडाडा,कोक्सिकुना बिरुवाडाडा ,नार्के ,स्थित बि.पि. राजमार्ग सडक खण्डमा सडक माथिबाट लेदो र ढुंगा खसी बाटो दुबै तर्फी अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक सुचारु गर्न समय लाग्ने बताईएको छ ।

यात्रुहरुलाई वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।