बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

‘मन्त्री बन्ने लिस्टमा नाम आएपछि बदनाम गर्न खोजे’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १४ कात्तिक, २०८२ मा प्रकाशित
‘मन्त्री बन्ने लिस्टमा नाम आएपछि बदनाम गर्न खोजे’
काठमाडौं, कात्तिक १४ :

दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम भएको गुनासो गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनारले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि नभएका कुराहरु लेखेर आफूलाई बदनाम गराएको गुनासो गरे।

सुनारले जाजरकोटका नवराज विकको समूहिक हत्या र बझाङ्की सम्झना कार्मीको सामूहिक बलात्कार भएजस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको बताए ।

आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने भन्दै सञ्चारमाध्यमबाटै मन्त्री बन्ने खबर पाएको उनले बताए । उनले आफू अहिले पनि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा रहेको पनि उल्लेख गरे।

आफूमाथि लागेको आरोप पुष्टि भएको खण्डमा हत्कडी लगाएर लैजान उनले चुनौती दिए। उनले आफूमाथि भएको प्रहारले आफूलाई अझ बलियो र दह्रो बनाएको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार