शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार

बञ्चरेडाँडामा फोहोर फाल्न दिन स्थानीय सहमत

१५ दिनभित्र माग पूरा गर्ने मन्त्रीघिसिङको प्रतिबद्धता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १६ कात्तिक, २०८२ मा प्रकाशित
बञ्चरेडाँडामा फोहोर फाल्न दिन स्थानीय सहमत
काठमाडौं, कात्तिक १६ :

सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयवासीले फोहोर फाल्न दिन सहमति जनाएका छन्।

फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधि र सरोकारवालाबीच छलफल भए पनि निष्कर्ष ननिस्केपछि मन्त्री घिसिङ आइतबार बिहान स्वयम्‌ बञ्चरेडाँडा पुगेका थिए।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार मन्त्री घिसिङले विगतमा गरिएका सहमति १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘मन्त्रीज्यूले अहिलेसम्म भएका र हुन नसकेका सबै सहमति १५ दिनभित्र कार्यान्वयन गर्ने आश्वासन दिनुभयो। कुनै कारणले सो अवधिभित्र पनि माग पूरा हुन नसके स्थानीयले विरोध गर्न पाउने अधिकार उहाँले स्वीकृत गर्नुभएको छ।’

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार