बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार प्रदेश बागमती प्रदेश

स्वयम्भू प्रहरी कार्यालयबाट चोरी भएको पेस्तोल १ लाखमा बिक्री, पाँच जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १६ कात्तिक, २०८२ मा प्रकाशित
स्वयम्भू प्रहरी कार्यालयबाट चोरी भएको पेस्तोल १ लाखमा बिक्री, पाँच जना पक्राउ
प्रतीकात्मकर तस्बिर ।
काठमाडौं, कात्तिक १६ :

जेनजी आन्दोलनपछि २४ भदौमा मच्चिएको तोडफोडका क्रममा स्वयम्भूस्थित प्रहरी वृत्तबाट चोरी गरिएको पेस्तोल बिक्री गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार हातहतियार बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं–१५ मा बस्ने २१ वर्षीय कृष्ण गुरुङ, भगवानपाउका राजन देउला (२५), भारतीय नागरिक अकबर खान (२४), विजेश्वरीका सुमिन शाक्य (२६) र क्षेत्रपाटीमा पसल सञ्चालन गर्दै आएका प्रभात मल्ल (३८) रहेका छन्।

प्रहरी वृत्त, स्वयम्भूका डीएसपी मोहनमणि अधिकारीका अनुसार २४ भदौमा प्रहरी कार्यालयमा तोडफोड हुँदा कृष्ण गुरुङले पेस्तोल लुटेर लगेको थिए।

सो पेस्तोल विभिन्न व्यक्ति हुँदै प्रभात मल्ललाई १ लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ। बरामद गरिएको पेस्तोलसँगै म्याग्जिन र त्यसमा लाग्ने १५ राउन्ड गोली समेत भेटिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनामाथि हातहतियार तथा खरखजाना ऐन, २०१९ बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार