सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको बोहोराटारस्थित निजी निवासको निरीक्षण

क्षतिग्रस्त घरको मर्मतसम्भार छिट्टै सुरु गरिने प्रतिबद्धता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १७ कात्तिक, २०८२ मा प्रकाशित
गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको बोहोराटारस्थित निजी निवासको निरीक्षण
काठमाडौं, कात्तिक १७ :

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा तोडफोड भएको राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवासको आज निरीक्षण गरेका छन्। गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा सो निवासमा तोडफोड र आगजनी भएको थियो।

निरीक्षणका क्रममा मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग छलफल गर्दै क्षतिग्रस्त घरको मर्मतसम्भार छिट्टै सुरु गरिने प्रतिबद्धता जनाए। उनले सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन पनि दिए।

गृहमन्त्रीसँगै निरीक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायत उच्च अधिकारीहरू पनि गएका थिए।

निरीक्षण टोलीले त्यसपछि बालाजु प्रहरी वृत्त पनि अवलोकन गरेको थियो। जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त स्थानीयको सहकार्यमा पुनःनिर्माण सुरु भएको बताइएको छ। तर, प्रहरी वृत्तका प्रमुखले जग्गाको स्वामित्व विषयमा स्पष्टता नभएको जानकारी गृहमन्त्री अर्याललाई दिएका छन्।

गृहमन्त्रीले यस विषयमा सम्बन्धित निकायहरूसँग छलफल गरी आवश्यक समाधान खोजिने बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार