काठमाडौं, कात्तिक १७ :

नेपाल प्रहरीले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयअनुसार एसएसपी भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई डीआईजीमा बढुवा गरिएको हो ।

बढुवासँगै पदस्थापन पनि गरिएको छ । डीआईजी भुपेन्द्र खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा, सानुराम भट्टराईलाई अपराध अनुसन्धान विभागमा, ओम अधिकारीलाई उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र अविनारायण काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा जिम्मेवारी तोकिएको छ । 

गृहमन्त्री अर्यालले बढुवा निर्णयसमेत अनुमोदन गरेसँगै नेपाल प्रहरी संगठनमा नयाँ नेतृत्व तह थपिएको छ ।