बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

५ एसएसपीको डीआईजीमा बढुवासँगै पदस्थापन, को कहाँ ?

सीआईबीमा खत्री,अख्तियारमा खनाल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १७ कात्तिक, २०८२ मा प्रकाशित
५ एसएसपीको डीआईजीमा बढुवासँगै पदस्थापन, को कहाँ ?
काठमाडौं, कात्तिक १७ :

नेपाल प्रहरीले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयअनुसार एसएसपी भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई डीआईजीमा बढुवा गरिएको हो ।

बढुवासँगै पदस्थापन पनि गरिएको छ । डीआईजी भुपेन्द्र खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा, सानुराम भट्टराईलाई अपराध अनुसन्धान विभागमा, ओम अधिकारीलाई उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र अविनारायण काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा जिम्मेवारी तोकिएको छ । 

गृहमन्त्री अर्यालले बढुवा निर्णयसमेत अनुमोदन गरेसँगै नेपाल प्रहरी संगठनमा नयाँ नेतृत्व तह थपिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार