काठमाडौं, कात्तिक १९ :
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन् ।
‘नेपाली कम्युनिस्ट पार्टी’को एकता घोषणा सभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो संकल्प गर्न आग्रह गरेका हुन् । यसअघि पनि कम्युनिस्ट पार्टीहरुबीच पटकपटक भएको एकताबारे सुनाउँदै खनालले त्यतिबेला एकताको ‘ए’ र ‘कता’ बेग्लाबेग्लै भएको बताए । अब त्यसो हुन दिनु नहुनेमा खनालको जोड थियो ।
अन्ततः झलनाथ खनाल पनि लुरुलुरु एकता सभामा पुगे,प्रचण्डले के भनेर फकाए ?
उनले कम्युनिस्ट पार्टी आरोप प्रत्यारोपबाट मुत्त हुनुपर्ने समेत बताए । हाम्रा युवाहरु नयाँ चेतानाका साथ अगाडि बढिरहेको भन्दै उनले एकतापछि बन्ने नयाँ पार्टीमा ५० प्रतिशत युवालाई केन्द्रीय कमिटीमा स्थान दिनुपर्ने सुझाव समेत दिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने