काठमाडौं, कात्तिक २० :
नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ।
विभिन्न १० वाम दल र समूहबीच बुधबार एकता घोषणा भएपछि उनीहरुले आयोगमा निवेदन दिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार निवेदन हाल अध्ययन र छलफल प्रक्रियामा रहेको छ।
नेपाली कम्युनिस्ट पार्टीका नेता लिलामणि पोखरेलले यसअघि दर्ता भएका माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा समाजवादी र जनसमाजवादी पार्टी खारेज गरी नयाँ दलका रूपमा दर्ता प्रक्रिया अघि बढाइएको जानकारी दिए।
नयाँ पार्टी गठनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका १० दल सहभागी छन्। पार्टीको चुनाव चिन्ह पाँचकुने तारा प्रस्ताव गरिएको छ। बुधबार १० घटकबीच एकता घोषणा गर्दै नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ