काठमाडौं, कात्तिक २० :

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सर्वपक्षीय अन्तरिम सरकार गठनको मागसहित बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ।

पार्टीले विभिन्न नारासहित राजधानीका विभिन्न स्थानबाट र्‍याली निकाली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ। सभालाई पार्टीका नेताहरुले पालैपालो सम्बोधन गरिरहेका छन् ।

हालको राजनीतिक अस्थिरता, ‘जेनजी आन्दोलन’पछि देखिएका नयाँ राजनीतिक परिस्थितिहरू तथा राष्ट्रिय स्वाधीनता सम्बन्धी विषयमा आम जनतामाझ पार्टीको धारणा स्पष्ट पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको सो पार्टीले जनाएको छ । सभामा पार्टीका केन्द्रीय नेताहरू, कार्यकर्ता तथा समर्थकहरूको सभागिता रहेको छ।