बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

चन्द, शर्मा र भुसालबीच बृहत् वामपन्थी अभियानका लागि सैद्धान्तिक सहमति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २१ कात्तिक, २०८२ मा प्रकाशित
चन्द, शर्मा र भुसालबीच बृहत् वामपन्थी अभियानका लागि सैद्धान्तिक सहमति
काठमाडौं, कात्तिक २१ :

कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा, र एकीकृत समाजवादीका पूर्वमहासचिव घनश्याम भुसालबीच बृहत् वामपन्थी अभियानका लागि सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको छ।

शुक्रबार बिहान हात्तीवनस्थित चन्द निवासमा भएको भेटवार्तामा वामपन्थी, देशभक्त र समाजवादी शक्तिबीच सहकार्यका लागि समझदारी बनेको भुसालले जानकारी दिए। उनले मुलुकका अन्य समाजवादी शक्तिहरूसँग पनि छलफल गर्ने कुरा भएको बताए । तीन नेताबीच बन्ने मोर्चाको नाम, संरचना र आगामी कार्ययोजनाबारे छलफल भइरहेको छ ।

भुसालका अनुसार हाल देशमा पार्टीहरूको प्रभाव र जनविश्वास घट्दो क्रममा भएकाले वामपन्थी र प्रगतिशील शक्तिबीच सहकार्य अपरिहार्य बनेको छ।

छलफलमा जनार्दन शर्माले आफू र नेता राम कार्कीले अघि सारेको ‘प्रगतिशील अभियान’ लाई बृहत् रूपमा विस्तार गर्नुपर्ने सुझाव दिएका थिए। त्यस क्रममा चन्दले अहिले आफू संयोजक रहेको समाजवादी मोर्चाको औचित्य सकिएको भन्दै नयाँ ढंगले अघि बढ्नुपर्ने धारणा राखे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार