नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५ औँ महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रित भएको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो । महाधिवेशनका बिषषयमा एकमत हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ ।
बैठकपछि कांग्रेस नेता राजेन्द्रकुमार केसीले महाधिवशेनका साथै पछिल्लो राजनीतिक घटनाका क्रममा विषयमा सदस्यहरुले धारणा राखेको बताए ।
मंसिरमा अवधि सकिने भएकाले त्यसअघि नै नियमित रुपमा महाधिवेशन गर्नुपर्ने अधिकांशको धारणा रहेको उनले बताए । उनले चुनावमा पार्टीले भाग लिने निर्णय गरेको अवस्थामा त्यसअघि नै नेतृत्व चयन गर्नुपर्ने आफ्नो मत रहेको धारणा राखे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।