सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा आउँछन् : प्रचण्ड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा आउँछन् : प्रचण्ड
काठमाडौं, कात्तिक २६ :

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।

 भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँग सहमति पत्रमा बुधबार हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई हावादारी बताउँदै यस्तो दाबी गरेका हुन्।

‘१२ वटा समूहहरू एक ठाउँमा आइसक्यौं,’ प्रचण्डले भने, ‘केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।’उनका अनुसार हालसम्म १२ वटा राजनीतिक दल र समूहहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेका छन्।

गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दल र समूहहरूले एकीकरण गर्दै नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार