बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

आङ्देम्बेको प्रस्ताव : नियमित महाधिवेशन नै सबैको साझा मिलनबिन्दु हुनुपर्छ

निर्वाचन नभए आन्दोलनका लागि तयार हुनुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २७ कात्तिक, २०८२ मा प्रकाशित
आङ्देम्बेको प्रस्ताव : नियमित महाधिवेशन नै सबैको साझा मिलनबिन्दु हुनुपर्छ
फाइल तस्बिर ।
ललितपुर, कात्तिक २७ :

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नियमित महाधिवेशनलाई पार्टीभित्र सबैको साझा मिलनबिन्दुका रूपमा लिनुपर्ने बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकमा धारणा राख्दै उनले पार्टीभित्रको सबै मतभेद र विवादको समाधान नियमित महाधिवेशनमार्फत खोजिनुपर्ने बताए।

‘नियमित महाधिवेशनबाटै हामी जानुपर्छ। नियमित महाधिवेशन नै सबैको मिलनबिन्दु हो,’ आङ्देम्बेले भने।

उनले फागुन २१ गतेका लागि प्रस्तावित पार्टी निर्वाचनको तयारीमा सबै जुट्नुपर्नेमा जोड दिँदै भने, ‘निर्वाचन भयो भने तयारीमा लाग्नुपर्छ, नभए आन्दोलनका लागि तयार हुनुपर्छ।’

सहमहामन्त्री आङ्देम्बेले आवश्यकता परे आन्दोलनको मुद्दा संसद् पुनर्स्थापनासँग पनि जोडिन सक्ने उल्लेख गरे। ‘समयले चाहन्छ वा चाहँदैन, त्यो थाहा छैन। तर, भोलि हामी आन्दोलनमा जाँदा मुद्दा संसद् पुनर्स्थापनाकै हुनसक्छ,’ उनले भने।

उनका अनुसार पार्टीका सबै निर्णय केन्द्रीय कार्यसमितिबाटै हुनुपर्छ। बैठकमा उनले विगतमा भएको पार्टी विभाजनको पीडा पनि स्मरण गरे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार