बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

महामन्त्री थापाद्वारा आत्मालोचना : निर्णायक हस्तक्षेप गर्न नसक्दा पटक-पटक गल्ती भयो

माओवादीसँगको गठबन्धन, एमालेसँगको सत्ता सहकार्य हानिकारक
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २७ कात्तिक, २०८२ मा प्रकाशित
महामन्त्री थापाद्वारा आत्मालोचना : निर्णायक हस्तक्षेप गर्न नसक्दा पटक-पटक गल्ती भयो
काठमाडौं, कात्तिक २७ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र निर्णायक भूमिका खेल्न नसक्दा पटक–पटक गल्ती भएको स्वीकार गरेका छन्।

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै उनले माओवादीसँगको गठबन्धन, एमालेसँगको सत्ता सहकार्य र टिकट वितरणका निर्णयहरू गल्ती भएको बताए। थापाले भने,‘कांग्रेसले पनि गल्ती गर्‍यो, मैले पनि हस्तक्षेप गर्न नसकेर गल्ती दोहोर्याएँ।’

थापाले १४औँ महाधिवेशनमा नेतृत्व फेर्न नसकेको, स्थानीय तहको टिकट वितरणमा आपत्ति जनाए पनि अडान नलिएर गल्ती गरेको र माओवादीसँगको गठबन्धनमा सैद्धान्तिक अडान छोड्नु अर्को गल्ती भएको बताए।

उनले २०८१ असार १७ गते कांग्रेस-एमालेबीच भएको सत्ता सहकार्यलाई पनि गल्तीका रूपमा व्याख्या गर्दै सभापति शेरबहादुर देउवालाई ‘कांग्रेस तपाईंको प्राइभेट कम्पनी होइन’ भनेको प्रसंग पनि स्मरण गरे।

‘गठबन्धन गर्नै हुँदैन भन्ने मेरो सैद्धान्तिक आधार आज पनि कायम छ,’उनले भने, ‘त्यो बेला अडान नलिएर फेरि गल्ती गरेँ।’ थापाले पार्टीभित्रका विकृति सुधार्न नसकेको र आफ्नो भूमिकाबारे आत्मसमिक्षा गर्न बाध्य भएको बताए। उनले भने,‘भदौ २४ गते मेरो घर जल्दा आफ्ना गल्तीहरू झनै स्पष्ट देखेँ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार