बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

निर्वाचनअगाडि महाधिवेशन नगर्ने कांग्रेस संस्थापन पक्षको अडान कायमै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २९ कात्तिक, २०८२ मा प्रकाशित
निर्वाचनअगाडि महाधिवेशन नगर्ने कांग्रेस संस्थापन पक्षको अडान कायमै
फाइल तस्वीर ।
काठमाडौं, कात्तिक २९ :

नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी चुनावअघि पार्टीको महाधिवेशन नगर्ने अडान कायम राखेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनका कार्यक्रम र उम्मेदवार चयन प्रक्रियामा प्राथमिकता दिने बताएको छ।

पार्टीका २५ केन्द्रीय सदस्यहरूले निर्वाचन अगाडि १५ औं महाधिवेशनको तालिका ल्याउन प्रस्ताव गरे पनि संस्थापन पक्षले यसको पक्षमा नरहेको जनाएको छ। 

केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको सन्दर्भमा निर्णय नगरी उम्मेदवार छनोट र निर्वाचन कार्यक्रम अघि बढाउन जोड दिएको छ। असोज २८ देखि सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा  महाधिवेशनको सवालमा समझदारी नबन्दा बैठकबाटै कुनै निर्णय आउन सकेको छैन ।

यसैबीच, कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनअगाडि विशेष महाधिवेशनको पक्षमा बल दिइरहेका छन्। थापाले महाधिवेशन नगरी कार्यकाल बढाउने प्रस्तावलाई अस्वीकार गर्दै मंसिर २७-२८ मा महाधिवेशनको प्रस्ताव अघि सारेका छन्।

पार्टीको महाधिवेशनको विषयमा अन्तिम निर्णय भने मंसिर १ गतेको बैठकपछि मात्र हुने अपेक्षा गरिएको छ। मंसिर २७ बाट वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकालसमेत समाप्त हुन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार