बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

आन्दोलनको तयारीकाबीच दुर्गा प्रसाईं पक्राउ, उपत्यकामा थप सुरक्षाकर्मी परिचालन

तीनै जिल्लामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ मंसिर, २०८२ मा प्रकाशित
आन्दोलनको तयारीकाबीच दुर्गा प्रसाईं पक्राउ, उपत्यकामा थप सुरक्षाकर्मी परिचालन
फाइल तस्बिर ।
काठमाडौं, मंसिर २ :

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईं सोमबार राति पक्राउ परेपछि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

उपत्यका प्रहरी कार्यालय रानिपोखरीले काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी परिसरहरूलाई सतर्क रहन निर्देशन दिएको छ। निर्देशनअनुसार आज बिहानैदेखि मुख्य सडक तथा संवेदनशील स्थानमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रसाईंका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्न सक्ने आशंकामा तीनै जिल्लामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति बढाइएको छ।

प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पक्राउ गरेको हो। पक्राउपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने चेतावनी दिएका थिए, जसपछि सुरक्षा झनै कडा बनाइएको हो।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने तयारीमा रहेका प्रसाईंलाई अहिले परिसरको भद्रकालीस्थित हिरासतमा राखिएको छ। उनलाई आजै अदालतमा उपस्थित गराई म्याद लिएर अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार