
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
एमालेले बुधबार काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
बिना अपराध प्रसाईंलाई स्वच्छाचारी ढंगले रातिराति गिरफ्तार गरेर सरकारले तमासा देखाएको आरोप लगाए। प्रसाईंको गिरफ्तारले मानव अधिकारको उल्लङघन भएको ओलीको आरोप लगाए । जेनजी भनेर जे पनि गर्न पाइने हो? भनी ओलीले प्रश्न गर्दै जेनजीको नाममा लुटपाट, चोरीडकैती भइरहेको बताए ।
ओलीले सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिने बताए । घोषित आन्दोलनका बारेमा पत्रकार सम्मेलन गरेकै राति प्रसाईंलाई प्रहरीले घरबाट नियन्त्रणमा लिएको थियो । उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार अनुमति दिएको छ ।