मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार

चोरी भएका ५० वटा मोटरसाइकल र स्कूटर सवारी धनीलाई हस्तान्तरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ मंसिर, २०८२ मा प्रकाशित
चोरी भएका ५० वटा मोटरसाइकल र स्कूटर सवारी धनीलाई हस्तान्तरण
काठमाडौं, मंसिर ४ :

 काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराइएका तथा चोरी भएका ५० वटा मोटरसाइकल र स्कूटर सवारी धनीलाई फिर्ता गरेको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख एवं डिआइजी ओमप्रकाश अधिकारीले  फेला पारिएको सवारीसाधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरे । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार वि.सं. २०८१/८२ मा हराएको रूपमा दर्ता भएका ती सवारी साधनमध्ये केही राम्रै अवस्थामा भेटिएका छन् भने केहीका पार्टपूर्जा निकालिएको र नचल्ने अवस्थामासमेत फेला परेका छन्।

उनीहरूलाई सवारी साधन हस्तान्तरण गर्दा धेरै धनीहरूले ट्राफिक प्रहरीलाई खादा लगाई धन्यवाद व्यक्त गरेका थिए। केहीले त खुसी प्रकट गर्न केक काटेर खुवाएको समेत प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले हराएका सवारी साधन फिर्ता दिलाउने कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा चोरी र हराइने घटनालाई थप न्यूनिकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार