काठमाडौं, मंसिर १० :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल, विराटनगरको सहपरीक्षा नियन्त्रक छनोट तथा नियुक्ति प्रक्रियामा भ्रष्टाचार भएको भन्दै  त्रिविका एक सहपरीक्षा नियन्त्रक र तीन जना प्राध्यापकविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार मुद्दा दायर हुनेहरुमा सहपरीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्रा.डा जया लक्ष्मी प्रधान (पद्म कन्या क्याम्पस) सदस्य प्रा.डा मोतिलाल शर्मा (त्रिवि) रसायन शास्त्र विभाग र प्रा.डा मेघराज छन्। सहपरीक्षा नियन्त्रक डिल्लीराम प्रसाईलाई पनि प्रतिवादी बनाएको अख्तियारले जनाएको छ।