बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

चितवन राइनोज विजयी, विराटनगरको अपराजित यात्रामा लाग्यो ब्रेक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० मंसिर, २०८२ मा प्रकाशित
चितवन राइनोज विजयी, विराटनगरको अपराजित यात्रामा लाग्यो ब्रेक
काठमाडौं, मंसिर १० :

 नेपाल प्रिमियर लिग (एनपीएल)मा  अपराजित  विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ ।

लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो । जीतका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा समेटियो । जसमा मर्चेन्ट डे लाङले सर्वाधिक ३९, प्रतिश जिसीले ३० रन जोडे पनि हार टार्न सकेनन् । चितवनका रञ्जित कुमारले ५, कमलसिंह ऐरीले २ विकेट लिए ।

यसअघि, त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनायो । जसमा रवी बोपराले अर्धशतक हिर्काउँदै ६५, सैफ अली जैवले ३२ र देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० रनको योगदान गरे ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले २, मर्चेन्ट डे लाङले २, शुभम रञ्जनेले १ विकेट लिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार