काठमाडौं, मंसिर ११ :
प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल भएको छ । उनीहरुबीच आशन्न प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमालेका नेताहरुले भने सुरक्षा अवस्था मजबुद नभएसम्म निर्वाचनको कुरा गर्नु व्यर्थ हुने बताए ।
उक्त छलफलमा सरकारका पक्षबाट प्रधानमन्त्री कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल तथा एमालेका तर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सदस्य महेश बर्तौला सहभागी थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ