बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति प्रदेश गण्डकी प्रदेश

संयोजक दाहाल भन्छन्- राष्ट्रिय संकट अझै टरेको छैन

नयाँ घटनाक्रम सिर्जना गर्नेतर्फ भित्री प्रपञ्चहरू चलिरहेका छन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ मंसिर, २०८२ मा प्रकाशित
संयोजक दाहाल भन्छन्- राष्ट्रिय संकट अझै टरेको छैन
फाइल तस्बिर ।
कास्की, मंसिर १४ :

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा देखिएको राष्ट्रिय संकट अझै पूर्ण रूपमा टरिनसकेको बताउँदै वामपन्थी तथा देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन अपिल गरेका छन्।

पोखराको मानवअधिकार चोकमा आइतबार आयोजित ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै दाहालले वर्तमान कम्युनिस्ट एकता सत्ता वा चुनाव प्रयोजनका लागि मात्र नभई राष्ट्रलाई वैदेशिक चलखेल र हस्तक्षेपबाट जोगाउनका लागि गरिएको महान् राष्ट्रिय आन्दोलन भएको दाबी गरे।

उनका अनुसार नेपालमा प्रतिक्रियावादी तथा साम्राज्यवादी शक्तिको सक्रियता अझै पनि जारी रहेको र कुनै पनि बेला नयाँ घटनाक्रम सिर्जना गर्नेतर्फ भित्री प्रपञ्चहरू चलिरहेका छन्।  उनले अहिलेको परिस्थिति ‘राष्ट्रिय स्वाधीनताको रक्षा’नै मुख्य चुनौती भएको बताए।

दाहालले यो एकतालाई आत्मालोचना तथा संकल्पको प्रक्रियासँग जोड्दै विगतका कमजोरी सच्याएर राष्ट्र र जनताको हितमा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।

आसन्न निर्वाचन फागुन २१ कै दिन हुने निश्चित भएको बताउँदै दाहालले द्विविधामा नबस्न आग्रह गरे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार