
फाइल तस्बिर ।
चितवन, मंसिर १६ :
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् । चितवनमा आज पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए ।
कोइरालाले भने, ‘समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।’उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताए ।
यद्दपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ । जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए । महाधिवेशनमा उम्मेद्वारीका सम्बन्धमा उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाई हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुईजनामध्ये एक जना लड्छौँ ।”