बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आइतबार वार्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ मंसिर, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आइतबार वार्ता
काठमाडौं, मंसिर १६ :

मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान’ का अध्यक्ष दुर्गा प्रसाईँ र प्रधानमन्त्री सुशीला कार्कीबीच आगामी आइतबार वार्ता हुने भएकेा छ।

महाअभियानका सचिव प्रेमदीप लिम्बुका अनुसार मंसिर २२ गते आइतबारका लागि प्रधानमन्त्री कार्यालयबाट औपचारिक पत्र आएको छ। सोही पत्रअनुसार दुई पक्षबीच छलफल तथा वार्ता तय भएको हो।

गत कात्तिक २६ गते गृहमन्त्री ओमप्रकाश अर्यालमार्फत सरकारलाई बुझाइएको प्रसाईँ समूहको २७ बुँदे मागबारे प्रधानमन्त्री कार्की र प्रसाईँबीच प्रत्यक्ष वार्ता हुन लागेको हो।

महाअभियानका सचिव लिम्बुका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मंसिर ६ गते दुई पक्षबीच भएको १० बुँदे सहमतिको आधारमा आइतबारको वार्ता अघि बढाइनेछ। हाल भारतको नयाँ दिल्लीमा रहेका प्रसाईं बुधबार नेपाल फर्किने बुझिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार