शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

लुम्बिनीको तेस्रो जित, विराटनगर किङ्ग्स ५ विकेटले पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ मंसिर, २०८२ मा प्रकाशित
लुम्बिनीको तेस्रो जित, विराटनगर किङ्ग्स ५ विकेटले पराजित
काठमाडौं, मंसिर १७ :

लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा तेस्रो जित निकालेको छ ।

जित निकाल्ने क्रममा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ५ विकेटले पराजित गर्‍ यो । जितका लागि पाएको १४५ रनको लक्ष्य लुम्बिनीले ५ विकेट गुमाउँदै पूरा गर्‍यो । जसमा ओपनर ब्याटर डार्सी सर्टले सर्वाधिक ५७ रनको योगदान गरे ।

विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभास भण्डारीले २/२ र बसिर अहमदले १ विकेट हात पारे । यसअघि त्रिभुवन विश्वविद्यालय  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनायो । विराटनगरका लोकेश बमले सर्वाधिक ३५, बसिर अहमदले २८, साम हिजलेटले २७ रन जोडे । लुम्बिनीका शेर मल्लले ३ विकेट झारे ।

यो जितसँगै छ अङ्क जोडेको लुम्बिनीले पनि प्लेअफको सम्भावना बढाएको छ ।  छ खेलबाट आठ अङ्क रहेको विराटनगरको पनि प्लेअफको दौडमा छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार