जनकपुर, मंसिर १८ :
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि बसेको सात दलबीचको बैठक निष्कर्षविहीन बनेको छ। कांग्रेस र लोसपाले आ–आफ्नो दाबी नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले बताए।
उनका अनुसार कांग्रेसले प्रदेशमा सबै दलको नेतृत्वमा सरकार बनिसकेको र अब आफ्नो ‘पाला’ आएको भन्दै मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान राखेको छ। तर लोसपाले भने जितेन्द्र सोनल नेतृत्वको सरकार लामो समय टिक्न नपाएको र अपमानजनक रूपमा हट्नुपरेको कारण देखाउँदै फेरि एक पटक लोसपालाई नेतृत्वको अवसर दिनुपर्ने माग राखेको छ। दुवै दलका दाबी मजबुत भएपछि छलफल अघि बढ्न नसकेको यादवले बताए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ