काठमाडौं, मंसिर १९ :

बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनसहित तीन जनालाई थप दुई दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले अनुमति दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सिइओ शेरचन, डेपुटी सिइओ (डीसिओ) मणिराज पोखरेल, सिइओ  रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यलाई प्रहरीले माग अनुसार थप अवधि थुनामा राख्न आदेश दिएको हो।

उनीहरूलाई कर्जा अपचलन (मिसयुज) प्रकरणमा संलग्न रहेकोमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो। अदालतको अनुमति अनुसार सीआईबीले अब उनीहरूलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान जारी राख्नेछ।