बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
प्रदेश बागमती प्रदेश

हेटौंडा सडक विस्तार प्रभावितलाई उपमहानगरको आवास सहजीकरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ मंसिर, २०८२ मा प्रकाशित
हेटौंडा सडक विस्तार प्रभावितलाई उपमहानगरको आवास सहजीकरण
हेटौंडा, मंसिर २१ :

हेटौंडा उपमहानगरपालिकाले सडक विस्तारका कारण विस्थापित भएका प्रभावित परिवारलाई आवास व्यवस्थाका लागि सहजीकरण गर्ने निर्णय गरेको छ। 
आइतबार बसेको ७६औं कार्यपालिका बैठकले घर–जग्गा नभएका प्रभावितको विवरण संकलन गर्दै मालपोतमार्फत प्रमाणीकरण गरी आवास व्यवस्थापनका लागि समन्वय गर्ने निर्णय लिएको हो।

पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ विस्तारअन्तर्गत केन्द्ररेखाबाट २५/२५ गजभित्र परेका करिब ५३१ संरचना सडक डिभिजनले भत्काएको छ। प्रभावितलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन राष्ट्र बैंकलाई अनुरोध गर्ने, नक्सापास प्रक्रिया ‘फास्ट ट्र्याक’ मार्फत गर्ने तथा २०२० वर्गफुटसम्म नक्सा पास दस्तुर छुट प्रस्ताव गर्ने निर्णयसमेत गरिएको छ।

व्यवसाय सञ्चालन हुन नसकेका प्रभावित व्यवसायीलाई कर छुट सम्बन्धी प्रस्ताव नगरसभामा लैजाने, त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग घोषणा गर्न संघीय सरकारसँग अनुरोध गर्ने र बजार क्षेत्रका घरहरूको नमूना निर्माण मोडल कार्यान्वयन गर्ने तयारी उपमहानगरले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार