बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार प्रदेश बागमती प्रदेश

सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ मंसिर, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
दोलखा, मंसिर २३ :

दोलखाको लामाबगरस्थित ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर कम्पनी लिमिटेडअन्र्तगत निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्सनमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।

सुरुङमार्गमा काम गर्दै आएका ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ घर भएका ३९ वर्षीय शुक्रबहादुर राईको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए । राई सोमबार सुरुङभित्र ड्रिल खोप्ने क्रममा अचानक लडेर घाइते भएका थिए । लडेर उनी करिब ५ मिटर तल पुगेको प्रहरीले जानकारी दिएको छ ।

घाइते भएका उनलाई उपचारका लागि धुलिखेल शाखा अस्पताल दोलखामा ल्याइएको थियो । उनको आज बिहान मृत्यु भएको प्रहरीको भनाइ छ । राईको शव परीक्षणका लागि पशुपति चौलागाईँ स्मृति अस्पताल चरिकोटमा राखिएको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार